पूर्वाञ्चल खबर
बेलबारी / निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले आयोजना भएको दशौं प्याब्सन स्पोर्टस् मिटको उपाधी सुन्दर हरैचाको पस्र्वाञ्चल एकेडेमीले हात पारेको छ ।
आज मोरङको लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा खेलमा सुन्दर हरैचाको पूर्वाञ्चल एकेडेमीले ३ स्वर्ण ४ रजत र २ कास्यका साथ ३१ अंक हात पादै उपाधी हात पारेको छ । त्यस्तै सुन्दरहरैचाको ब्राइट फ्युचरले ४ स्वर्ण र १ कास्य तथा छात्रा भलिवलमा एक रजत पदक गरि २९ अंकका साथ दोस्रो स्थान हात पारेको छ भने सुन्दर हरैचाकै शिदार्थ एकेडेमीले २ स्वर्ण ५ रजत र २ कास्य पदकसहित २९ अंककासाथ तेस्रो तथा विराटनगरको गौतमबुद्द मेमोरीयलले ३ स्वर्ण १ रजत र २ कास्य पदकका साथ २२ अंकका साथ चौथो स्थान हात पारेको छ ।
मदरटेरेसा विराटनगरका ओम यादव उत्कृट छात्र खेलाडी घोषित भएभने ब्राइट फ्युचर शुन्दरहैचाका शोभा कार्की र अनिता बुढाथोकी उत्कृष्ट छात्रा खेलाडी घोषित भए । विजयी तथा अन्य खेलाडीहरुलाई बेलवारी नगरपालीका प्रमुख ज्ञानेन्द्र सुवेदीले पुरष्कार तथा प्रमाणपत्र वितरण गरे । ८ गतेदेखि सुरु भएको प्याब्सन स्पोर्टस मिटमा जिल्लाका ८४ वटा निजी विद्यालयहरु हजार भन्दा बढि बिद्यार्थीहरु सहभागी रहेका थिए ।