पूर्वाञ्चल खबर
आज विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका बीच १ नं .प्रदेश संयोजक इन्दिरा कार्कीले फाउन्डेसनलाई पूर्णता दिएकी हुन् । कौशल निरौलाको संयोजकत्वमा १३ सदस्य कार्यसमिति बनेको छ । गठित समितिको सह–संयोजक बेदुकुमार खतिवडा, सचिवमा दुर्गा गुरागाई,सह–सचिवमा सन्तोष पोख्रेल र कोषाध्यक्षमा पुनम सिंह रहेका छन् । यस्तै सदस्यहरुमा रिता पोख्रेल,शर्मिला अधिकारी,बैधनाथ झा,गिरिजाप्रसाद कोइराला,पदम सरदार,विरजुकुमार गच्छदार,नितिन भगत र अन्जु दाहाल रहेका छन् । यस्तै प्रदेश समितिमा निर्मलकुमार दुगडलाई समेत मनोनयन गरिएको छ ।
कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्दै आएको छ ।