पूर्वाञ्चल खबर
धनकुटा / धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाटबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित २ यूवकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले ३७ किलो गाँजा सहित धनकुटा शहिदभुमी गाउँपालिका ४ छिन्ताङका २० वर्षिय भुपाल राई र २० वर्षिय जजल राईलाई पक्राउ गरेको हो ।
प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको बा२६प६५४० र को११प ३८२५ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।