RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा हिसान स्पोर्टस मिट शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७५, आईतवार २०:१०
3
Shares

सुनसरी / हिसान सुनसरीले प्रत्येक बर्ष सञ्चालन गर्दै आएको स्पोर्टस मिट आज आइतबार देखि सुरु भएको छ ।

स्पोर्टस मिट अन्तर्गत इटहरीमा आज सम्पन्न छात्र भलिबलमा कोशीसेन्ट जेम्स उच्चमाबिले ग्रिनपिस उच्च माबिलाई सोझो सेटमा पराजित गरेको छ । यस्तै अर्को खेलमा डिपोट उच्च माबि नआएपछी पूर्वाञ्चल उच्च माबि धरान वाकओभर पाएर बिजयी भएको छ । आजै सम्पन्न छात्रा भलिबलमा कोशी सेन्टजेम्स उच्च माबिले बिश्वआदर्श उच्च माबिलाई र समिट उच्च माबि धरानले नेशनल उच्च माबिलाइ सोझो सेटले पराजित गरेको छ ।

इटहरीमै सम्पन्न क्रिकेटको उद्धघाटन खेलमा कोशी सेन्टजेम्स उच्च माबिले सुष्मा गोदावारी उच्च माबिलाई ३ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा बिश्वआदर्श उच्च माबिले कस्तरी उच्च माबिलाइ पराजित गरेको छ ।

विगत सात बर्षदेखि निरन्तर आयोजना गरिदै आएको स्पोर्टस मिटमा फूटबल, भलिबल, क्रिकेट, बास्केटबलका खेलहरु समावेश गरिएको कार्यक्रम संयोजक एवंम हिसान सुनसरीका सदस्य सागर भटराइले जानकारी दिए । प्रतियोगिताहरु धरान र इटहरीमा बांडेर आयोजना भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर