६ पुस विराटनगर / नेपालबाट भारत तर्फ लादै गरेको तीन केजी चरेस सहित एक भारतीय नागरीक विराटनगर २१ भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सादा पोशाकको टोली र लागुऔषध व्युरोको संयुक्त टोलिले शंका लागी चेकजाच गर्ने क्रममा भारतको कोलकत्ता बस्ने बर्ष ३५ को शेख रियाजलाई आज पक्राउ गरेको हो ।
पक्राउ परेका रियाजबाट दुबै खुट्टा र कम्मर पेटी लाईनमा सेतो टेपले बेरि लुकाई छिपाई राखेको अवस्थामा चरेस बरामद गरेको मोरङ प्रहरीले जनाएका छ । प्रहरीको अनुसार गोप्य सूचना प्राप्त भएपछि भारत तर्फ लागै गरेको अवैध चरेस पक्राउ गर्न सफल भएको बताएको छ ।