पूर्वाञ्चल खबर
विराटनगर / “स्वास्थ्य र समृद्धिको लागि आरोग्यता र आरोग्यताको योगअभ्यास ” नाराका साथ विराटनगरमा प्रदेश स्तरीय वृहत निः शुल्क योग शिविरको आयोजना हुने भएको छ ।
प्रदेश १ समाजीक विकास मन्त्रालयले विराटनगरमा आयोजनामा बृहत निः शुल्क योग शिविर सञ्चालन गर्ने भएको हो ।
मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १३ गते देखि १९ गते सम्म विराटनगरमा आयोजना गर्ने योग शिबिरबारे जानकारी दिएको हो । रोग लाग्नै नदिने उपयको रुपमा लिएको योग शिविरमा जिवन शैली व्यवस्थापन सहितको सिप सिकाइने भएको छ । शिविर विहान साढे ५ देखि ७ बजे सम्म सर्वसाधारणलाई र सवा १ देखि सावा २ सम्म कक्षा ९ का विद्यार्थीलाई सिकाइने आयोजकले जनाएको छ । शिविरमा दैनिक ५ हजार जनालाई योग सिकाइने भएको छ ।
पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रदेशका जनतालाई रोग लाग्नै नदिने गरि काम गर्ने बताए । मन्त्री घिमिरेले योगलाई जीवन अभिन्न अङग वनाउन र स्वास्थ्य जीवनको चेतना र जनजागरण जनतामाझ गराउन शिविर सञ्चालन गर्न लागिएका वताए । उनले जीवनशैली ,व्यवहार परिवर्तन नसर्ने रोग व्यवस्थापनको मुख्य सुत्र भएको बताए । मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयले ‘एक घर,पाँच योग ,पाँच जडिबुटी’, ‘पाँचवटा सकारात्मक व्यवहार परिवर्तन’, ‘मेरो फोहोर म आफै सफा गर्छु’,स्वस्थ्य जीवन कार्यक्रम सञ्चालन गर्ने बताए । उनले योग शिविरको माध्यमबाट स्वस्थ्य क्षेत्रमा सकारात्मक तरंग पैदा गर्न लागेको समेत बताए ।
आयोजकले शिविरमा मुख्य गरि विराटनगर महानगरपालीकाका जनतालाई सहभागि गराईने जनाएको छ । निःशिल्क शिविरमा प्रदेशका अन्य क्षेत्रका इच्छुकले पनि सहभागिता जनाउन पाउने छन् । शिविर सञ्चालनमा ९ लाख खर्च हुने आयोजकले जनाएको छ । शिविरको मुख्य प्रशिक्षकमा कृपालु कृष्णदास जी महाराज, डा विनोद घिमिरे र राष्ट्रिय प्रभारी लव देव मिश्रलगायतले योग सिकाउँने आयोजकले जनाएको छ । योग शिविरको उद्घाटन प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने छन् ।