RUMPUM
animated ellipse animated ellipse

मोरङको ईट्टा भट्टामा बाल श्रमिक,ईट्टा भट्टाका सञ्चालक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७५, बुधबार १८:५७
3
Shares

विराटनगर /मोरङ कटहरी गाउँपालिको इटाभट्टाबाट श्रम गरिरहेका ६ जना बालकको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोली र सिविन नेपाल विराटनगरसमेतको समन्वयमा कटहरी गाउँपालिका वडा नं. ५ मा रहेको कृष्ण प्रणाम इटाभट्टामा श्रम गर्न बाध्य बनाइएका १६ बर्ष मुनिका ६ जना बालकको उद्दार गरेको हो ।

प्रहरीले उद्दार गरेका बालक मध्ये पाँच जना भारतका छन् भने एक् नेपाली रहेका छन् ।उद्दार गरिएको सवै बालकलाई विराटनगर–१३ मा पूर्वाञ्चल अनाथ आश्रममा पठाइएको मोरङ प्रहरीका प्रवक्ता डिएस्पी घनश्याम श्रेष्ठले बताए । श्रममा खटाउने इटाभट्टाका सञ्चालक विराटनगर ३ का ४७ वर्षीय फणिन्द्रबहादुर ढकाललाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय, विराटनगर पठाइएको प्रवक्ता डिएस्पी श्रेष्ठले बताएका छन् ।

उद्धार गरिएमा भारतको जिल्ला कुछविहार महगकुमार माताभाङ बस्ने मोपिदुल मियाको छोरा १६ वर्षिय रुवेल मियाँ, भारत छितेही बंगाल बस्ने चाँदकिशोर विश्वासको छोरा १६ वर्षिय कासनकुमार विश्वास र उनकै १४ वर्षीय छोरा राजकुमार विश्वास,भारत बंगाल शितलखोशी बस्ने मसिदुल मियाँको छोरा १४ वर्षिय काउछर आलम, जिल्ला मोरङ भौडाहा बस्ने राजु सरदारको छोरा १३ वर्षिय मोहन सरदार र भारत बंगाल गोलेनाहाटी बस्ने नजिरुल मियाँको छोरा ११ वर्षिय रुवेल मियाँ छन् । मोरङका इट्टाभट्टामा बालश्रम प्रयोग गर्ने क्रम नियन्त्रणमा आइसकेको छैन् ।

उद्दार गरेका बालवालिकाका अभिभावक सोही ईट्टा भट्टामा काम गर्छन् । ईट्ट।।ा भट्टामा बालवालिका प्रयोग भएको सूचना पाउनसाथ पुगेको प्रहरीले उद्दार गरिएका बालवालिकाको संरक्षणमा राखेर अभिभावकलाई बोलाएको छ । अभिभावकलाई सचेत गराएर बच्चा जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर