RUMPUM
animated ellipse animated ellipse

ईमोबाट ठगी गर्ने ४ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७५, शुक्रबार २०:५८
3
Shares

विराटनगर / एनसेल कम्पनीबाट पैसा परेको भन्दै ठगि गर्ने गिरोहका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

आज बारा प्रसौनी गाउँपालिका वडा नं. ६ बेलहीका सखिना खतुनलाई २५ लाख प¥र्याे भन्दै ३० हजार रुपैया ठगी गर्ने मोरङ कटहरी गाउँपालिका ६ का ३४ बर्षिय मन्जयकुमार सिंह, कटहरी गाउँपालिका ३ काक् श्रवण मल्लाह, शत्रुधनकुमार तत्मा र जहदा गाउँपालिका वडा नं. ४ बस्ने अजयकुमार सिंह लाई पैसा निकाल्दै गर्दा विराटनगर हाटखोलाबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट १ लाख ४५ हजार नगद र ४ थान मोवाई र विभिन्न कागजात फेला पारेको छ । खातुनलाई ईमोमा तपाईको नाममा एनसेल कम्पनीबाट २५ लाख लट्री परेको छ भनि सुरुमा ३० हजार पठाउन लगाएका थिए । पुन: ७५ हजार पठाउनु भनि पटक पटक ईमो मार्फत फोन गरेपछि खातुनले प्रहरीमा खबर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर