RUMPUM
animated ellipse animated ellipse

स्मृति स्कूलमा खेलकुद शूरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०७५, बिहीबार २१:०५
9
Shares

बुढीगंगा / मोरङको बुढीगंगा ३ मा रहेको स्मृति इङ्लिस बोर्डिङ स्कूलमा तीन दिने खेलकुद समारोहको सुरु भएको छ।

विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी खेलकुद समारोहको उद्घाटन गरेको छ। नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको प्रतिस्पर्धात्मक सहभागिता रहने सो प्रतियोगितामा भलिबल,कब्बडी,ब्याड्मिन्टन, टेबलटेनिस,हाइजम्प,बुद्धिचाल, हिसाब दौड, चकलेट दौडलगायतका विभिन्न १९ ओटा खेलहरु समावेश गरिएको खेलकुद कार्यक्रम संयोजक रुकेश भगतले बताए।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्दिक तथा समाजिकलगायत अन्य सम्पूर्ण क्षेत्रको विकास होस् भन्ने उद्देश्यले यथासक्य सबै प्रकारका खेलहरु समावेश गरिएको विद्यालयकी प्रिन्सिपल रीता न्यौपानेले बताइन्। पढार्इ लेखाइका साथसाथै खेलकुदलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा आफ्ना विद्यार्थीहरुलाई अरुभन्दा अब्बल बनाउनमा आफू सदैव क्रियाशील रहेको उनले बताइन्।

कार्यक्रममा बोल्दै बिद्यालयका भाइस प्रिन्सिपल मणिराम न्यौपानेले ूविकास,अनुशासन र गतिशीलताू भन्ने मुलनारा रहेको खेलकुदले विद्यार्थीहरुलाई पढाइले समेट्न नसकेका थुप्रै कुराहरुको ज्ञान दिने कुराम आफू विश्वस्त रहेको बताए।

अन्तरसदनात्मक प्रतिस्पर्धा रहने सो प्रतियोगितामा विजेता तथा उपविजेता विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप आकर्षक पुरस्कार र प्रमाणपत्रकोसमेत व्यवस्था रहेको विद्यालयले जनाएको छ।बुढीगंगा ३ का वडाध्यक्ष तिलकनाथ मण्डलले खेलकुद प्रतियोतिाको उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर