RUMPUM
animated ellipse animated ellipse

चौथो पारा टेबुल टेनिस प्रतियोगीता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७५, मंगलवार २०:०३
3
Shares

विराटनगर / चौथो पारा टेबुल टेनिस प्रतियोगीता आज विराटनगरमा सम्पन्न भएको छ ।

कभर्ड हलमा भएको टेबुल टेनिस सम्पन्न प्रतियोगीताको महिला एकल स्ट्याण्डिङ तर्फ रिया दाहालले पुनम राजवंशीलाई पराजित गरिन । उनले ११–५, ११–७, १२–१० को सेटले पराजित गरि प्रथम भईन । पुरुष एकल व्हील चेयरतर्फ रामकुमार साहनीले सोनु दासलाई ११–४, ११–६, ११–५ ले पराजित गरि प्रथम चएका छन् । सोही इभेन्टमा सञ्जय थापा र मजाहिद अंसारीले संयुक्त रुपमा तेस्रो स्थान हासिल गरे ।

पुरुष एकल स्ट्याण्डिङतर्फ ३ पल्टका राष्ट्रिय च्याम्पियन विवेक राईले स्वीकृत न्यौपानेलाई ११–९, ११–५, ११–९ ले पराजित गरि प्रथम भए । सोही इभेन्टमा मोहनकुमार योङहाङ र दिपक बस्नेत तेस्रो भए । प्रतियोगीताको उद्घाटन राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले गरेका थिए ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की पुरस्कार वितरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर