RUMPUM
animated ellipse animated ellipse

सुन्दर हरैचामा सुविधा सम्पन्न कवड हल निर्माण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७५, शनिबार २१:५१
3
Shares

विराटनगर । मोरङको सुन्दर हरैचामा सुविधा सम्पन्न कवड हल निर्माण गरिएको छ । दुर्गादेवी दुलाल सुन्दरहरैचा स्पोर्ट ग्राममा एक करोड ८३ लाख ७३ हजार लागतमा कवर्डहल निर्माण गरिएको हो । कवड हल नजिक टेवल टेनिस, बास्केटबल र भविलब कोर्ट पनि निर्माण गरिने भएको छ ।

सुन्दर हरैचा नगरपालिकाको जम्मा १८ लाख, राष्ट्रिय खेलकुद परिषदको १४ लाख सहयोग र स्थानीय व्यवसायी र सर्वसाधरणको सहयोगमा स्पोर्ट ग्राममा एक करोड ८३ लाख ७३ हजारमा कर्बड हल निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएको कर्वडहलमा अन्तराष्ट्रिय व्याडमिन्टल प्रतियोगिता आयोजना गर्न लागिएको दुर्गादेवी दुलाल सुन्दरहरैचा स्पोर्ट ग्रामका अध्यक्ष भोलेश्वर दुलालले जानकारी दिए । कवर्ड हल निर्माणमा ४५ लाख ऋण तिर्न बाकी रहेको बताउँदै उनले पुस २७ गतेबाट खुला अन्तराष्ट्रीय प्रतियोगिता आयोजन ागर्न लागेको उनले बताए ।

माघ २ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भारतका ३ सय खेलाडीले सहभागिता रहने आयोजकले जनाएको छ ।

अध्यक्ष दुलालका अनुसार खुला पूरुषतर्फ प्रथम हुने १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार नगदसहित पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै खुला पूरुष–महिला तर्फ प्रथम पुरस्कार ५० हजार दोस्रो २५ हजार र तेस्रो १० हजार तोकिएको छ । त्यस्तै ४५ बर्ष माथीका खेलाडीहरुकालागि भेट्रान प्रतियोगिता पनि आयोजना गरिने छ । प्रतियोगिता सञ्चालनकालागि १५ लाख खर्च लाग्ने दुललाले बताए । पुरस्कारकालागि मात्र ५ लाख रुपैया छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर