पूर्वाञ्चल खबर
विराटनगर/ विराटनगरस्थित आरोहण गुरुकुलमा ‘एकरात’ मञ्चन हुने भएको छ । इन्द्र परियारले निर्देशन र यूवा गायक प्रवलदीप विशवसले संगीत रहेको उक्त नाटक आउँदो माघ १४ देखि १८ गतेसम्म गुरुकुलमा मञ्चन हुने भएको हो ।
नेपाल साँस्कृतिक संघ मोरङको आयोजनामा हुने ‘एकरात’ नाटकको मुख्य कलाकारमा निरज ब्ल्याकको भूमिका रहेको छ । पछिल्लो समय कलाकारिता क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल भएका निरज थुप्रै नाटक तथा सानो पर्दाको चलचित्रहरूमा अभियन गरेका छन् । आयोजक नेपाल साँँस्कृतिक संघ मोरङले नाटक पाँच दिनसम्म गुरुकुलमा मञ्चन हुने जानकारी गराए ।
नाटकमा संगीता यादव, सुनिता घिमिरे, विकास पराजुली, राजेश ठाकुर, अंकिता विश्वास, अंशु अशेष गिरीलागयले अभिनयन गरेको नेपाल साँस्कृतिक संघका अध्यष राजुल थापाले बताए । यस अघि पनि एकरात नाटक आरोहण गुरुकुलमा मञ्चन भएको थियो । एक सतासम्म मञ्चन भएको नाटक दर्शकहरूले अत्याधिक रुपमा रुचाइ दिएको कारणले पुन मञ्चन गर्ने तयारी गरेको कलाकार निरज ब्ल्याकले बताए । ‘दोस्रो पटक मञ्चन हुने नाटक फेरी दर्शकहरूले रुचाउने विश्वास लिएको छु,’ उनले भने, ‘यस नाटकको कथा र हाम्रो अभियन गर्ने प्रस्तुती राम्रो भएको दर्शकले मन पराउनछेन् । ’