४, पुस, धनकुटा/ तेह्रथुमको आठराइमा रहेको संक्रान्ति बजारका आगलागी पीडितका लागि धनकुटामा विभिन्न सामाजिक संघ–संस्थाको अगुवाइमा राहत संकलन गरिएको छ ।
उद्योग वाणिज्य संघ धनकुटाको अगुवाइमा नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, बजार व्यवस्थापन समितिलगायतले हिले र धनकुटा सदरमुकाममा हिजो र आज गरी ९५ हजार ७ सय ७६ रुपैयाँ संकलन गरेका हुन् । अन्य स्थानमा पनि राहत संकलन गरेर पीडितलाई वितरण गरिने उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए ।
गत पुस–१ गते तेह्रथुमको आठराईमा रहेको संक्रान्ति बजारमा भएको आगलागीबाट २८ घर जलेर नष्ट हुँदा २ सयभन्दा बढीको बिचल्ली भएको छ ।