RUMPUM
animated ellipse animated ellipse

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७५, बुधबार २०:३५
3
Shares

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका ८मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ईटहरीबाट बिराटनगर तर्फ आँउदै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको एएस ०७ एसि ५६३३ नम्बरको ग्याँस बोक्ने ट्रकले पछाडीबाट ठक्कर दिंदा स्कुटर चालक विराटनगरका ५० बर्षीय गिरीराज ढकाल गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि स्थानीय पशुपति मेडिकलमा लगिएको थियो । ढकाललाई उक्त मेडिकलमा उपचार हुन नसकी थप उपचारको लागि न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्रक चालक र ट्रकलाई ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर