पूर्वाञ्चल खबर
विराटनगर / मोरङ जिल्लालाई कार्य क्षेत्र वनाई कार्य गर्ने पत्रकारलाई लक्षित गरि सवैभन्दा ठूलो राशीको पुरस्कारको स्थापना गरिएको छ ।
आफ्नो मातापिताको नाममा राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय विराटनगरका पूर्व प्रमुख सञ्चारकर्मी हेमराज रेग्मीले पत्रकारिता पुरस्कारको स्थापना गरेका हुन् ।
आफ्ना स्व. पितामाता(भवानीप्रसाद जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार)को राशी रु ४१ हजार १११ को रहेको छ ।उक्त पुरस्कार आगामी चैत १० गते प्रदान गरिने भएको छ ।
प्रत्येक वर्ष मोरङ जिल्लालाई कार्यक्षेत्रलाई वनाइ क्रियाशिल २० वर्ष पत्रकारिता गरेको एक जना सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गरिने पुरस्कार स्थापनाकर्ता हेमराज रेग्मीले वताए ।
पुरस्कारका लागि छोराहरु प्राडा.उदयराज रेग्मी, हेमराज रेग्मी, प्रदिपकुमार रेग्मी ,राजेशकुमार रेग्मी र छोरी उमा रेग्मीले संयुक्त रुपमा ५ लाखको अक्षय कोष स्थापना गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखामार्फत उक्त पुरस्कार प्रदान गरिने भएको छ ।