पूर्वाञ्चल खबर
झापा / झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विर्तामोड नगरपालिका ५ बाट पाँचथर घर भई दमक नगरपालिका ६ का ३६ वर्षिय संग्राम लिम्बुलाई ३१ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
प्रहरीले लागू औषध ओसार पसारमा प्रयोग गरिएको मे १० प ६३० नम्बरको मोटरसाईकलसमेत बरामद गरेको छ । पक्राउ परेका लिम्बुलाई सोधपुछको क्रममा अर्जुनधारा नगरपालिका १० का ४२ वर्षिय भीमबहादुर अधिकारी र उनकी ३८ वर्षिय श्रीमती ओममाया खतिवडा अधिकारी र अधिकारीकै साली झापा कचनकवल गाउँपालिका २ की ३६ वर्षिय रेवतीमाया डाँगीलाई २ सय २ ग्राम खैरो हेरोईन सहित कोठाबाटनै पक्राउ गरिएको झाप प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।