RUMPUM
animated ellipse animated ellipse

२२ करोडको कारोवार गर्दै विराट ट्रेड एक्स्पो सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७५, शनिबार १७:५०
3
Shares

विराटनगर / विराटनगरमा आयोजित विराट ट्रेड एक्स्पोमा २२ करोडको कारोवार भएको छ । मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पो –२०१८ मा २२ करोडको कारोवार गर्दै आज मेला समापन भएको छ ।

विराटनगर महानगरपालिकाको शंकरपुरस्थित पुस ६ गदेखि १४ गतेसम्ममा लागेको व्यापार मेलामा १ लाख २५ हजार मानिसले अवलोकन गरेको आयोजकले बताएको छ ।

नेपाल, भारत, वंगलादेश र पाकिस्तानका गरी २ सय ५० वटा स्टलमा दैनिक उपभोग्य वस्तुदेखि मेशिनरी पार्टपूर्जा, सवारी साधन , मोवाइल र यसका पार्टस्, तयारी पोशाक,कृषिजन्य पदार्थ, हस्तकला वस्तुहरुजस्ता सामानहरु राखिएको थियो ।

प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दवहादुर तुम्वाहाङले उद्योग र व्यापार विकास राष्ट्रको समृद्धको आधार भएको बताए । छिमेकी मुलुकका उद्योगी व्यापारीहरुको यस मेलामा सहभागिताले यहाँको उद्योगीव्यापारीमा थप उत्साह मिलेको उनले बताए ।

पूर्व उद्योग मन्त्री एवम् संघीय सांसद महेश वस्नेतले विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणामा आफ्नो सक्दो सहयोग गर्ने बताए । उनले विराटनगमा एउटा अन्तर्राष्ट्रिय स्तरको औद्योगीक प्रर्दशनी केन्द्र निर्माणमा संघीय सरकारसंग पहल गर्ने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको अध्यक्षतामा भएको समापन समारोह कार्यक्रममा संघीय सांसद रमेशजंग रायमाझी, संघका महासचिव नविन रिजाल र मेला समितिका संयोजक अनुपम राठीले मेलाले उद्योग र व्यापारमा चहलपहल बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर