AArya
RUMPUM
animated ellipse animated ellipse

खोजी समाज सेवाद्वारा न्यानो कपडा वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७५, बिहीबार २०:४९
3
Shares

तिल कुमारी शर्मा
विराटनगर । खोजी समाज सेवाद्वारा विराटनगर महानगरपालिका वडा न.४ खारजी टोलीको वस्तीमा न्यानो कपडा वितरण गरिएको छ ।

आज वस्तीका वृद्धवृद्धा,बालबालिका, महिलालगायत १ सय ५ जनालाई न्यानो कपडा वितरण गरिएको समाजका सल्लाहकार सरस्वती खरेलले बताइन् । वस्ती जाडोमा बालबालिका तथा बृद्धबृद्धाहरु नाङ्गा नाङ्गै हिंडेको देखेपछि उनीहरुलाई न्यानो कपडा वितरण गरेको खरेलले बताइन् ।

यस अघि पनि यस संस्थाले उपचार नपाएर छटपटिएका एक व्यक्तिको पैसा उठाएर उपचार गरेको, बाढीपीडितका लागि सहयोग गरेको तथा विभिन्न सीपमूलक तालिमको माध्यमबाट महिलाहरुलाई आय आर्जन गर्न सहयोग गरेको समाजकी अध्यक्ष भावना खरेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर