AArya
RUMPUM
animated ellipse animated ellipse

घुस खान नमानेपछि अढाई महिनामै श्रम तथा रोजगार कार्यालय प्रमुखको सरुवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७५, सोमबार २०:३०
3
Shares
फाइल तस्वीर

विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएको दुई महिना नपुग्दै सरुवा भएका श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले घुस खान नमानेपछि आफ्नो सरुवा गराइएको आरोप लगाएका छन् ।

निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार कुनै पनि कर्मचारीलाई उचित कारण विना दुई बर्ष नपुग्दै सरुवा गर्न पाईदैन । तर, विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलको अढाई महिनामै सरुवा गरिएको छ ।

श्रम अधिकार लागू हुन नदिने रोजगारदाता, ट्रेड युनियन प्रतिनिधि र भ्रष्ट कर्मचारीहरू मिलेर नियम विपरित आफुलाई सरुवा गरेको उनले आरोप लगाएका छन् । बरुवा तत्काल बदर नगरे आफु अदालतमा गएर कानूनी संघर्ष गर्ने समेत उनले चेतवनी दिए ।

२०७५ साल असोज २५ गते श्रम तथा रोजगार कार्यालयमा वरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका उपसचिव सञ्जेलको शीप विकास कार्यालय इटहरी सुनसरीमा सरुवा परेपछि उनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर यस्तो गुनासो गरेका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन शाखाले ६ पुस २०७५ मा व्यवसायिक तथा शीप विकास तालिम प्रतिष्ठान ईटहरीमा कार्यकारी निर्देशक भएर कामकाज गर्ने गरी सरुवा गरिएको पत्र पठाईएको उनले बताए ।

श्रम कार्यालयमा हाजिर भएदेखि नै सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गराउन र श्रम ऐन २०७४ लाई पूर्ण रुपमा कार्यान्व्यन गराउन आफु सक्रृयता पूर्वक लागिरहेको अवस्थामा आफुलाई नियम बिपरित अढाई महिनामै आकस्मात बदनियत पूर्वक सरुवा गरिएको अधिकृत सञ्जेलले आरोप छ ।

के गरेका थिए सञ्जेलले
यस कार्यालयमा आएपछि सञ्जेलले नक्कली जलबिद्युत्त आयोजना र उद्योगमा पारिश्रमिक नदिनेलाई पारिश्रमिक दिनकालागि फैसला गर्ने अनि बैदेशिक रोजगारका नाममा ठगी गर्नेहरुलाई धमाधम पक्राउ गराएर कार्वाही गराउन थालेका थिए । यस बाहेक योगदानमा आधारित सामाजिक सूरक्षा योजना लागू गराउन र श्रम ऐन अनुसार मजदुरको न्युनतम पारिश्रमिक दिलाउन पनि सञ्जेलले थालनी गरेका थिए ।

यसका लागि उनले सुनसरी, मोरङको औद्योगिक करिडोरमा संचालनमा रहेका उद्योगहरुको अनुगमन गरेर प्रतिबेदन तैयार गरि सुरक्षा योजना र ऐन कार्यान्वयन गर्न उद्योग र कम्पनीहरुलाई धमाधम पत्राचार समेत गर्न थालेका थिए ।
श्रम कार्यालयमा आउनु भन्दा पहिले क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकारीको रुपमा रहेर तीनवटै तहको निर्वाचन मितव्ययी र बिबादरहित ढंगले सफलता पुर्वक सम्पन्न गराएका थिए । त्यहाँ रहँदा उनले गुणस्तरहिन भवन निर्माण गरेको एक करोड रुपैया भुक्त्तानी दिन नमान्दा उनको काज सरुवा गरिएको थियो । तर पछि उनी अदालतमा रिट हालेर पून दरबन्दीमा फर्किएका थिए ।

सञ्जेलले तीन तहको निर्वाचनको समयमा जिल्ला भ्रमण गर्दा कुनै अतिरिक्त्त भत्ता लिएका थिएनन भने चालक समेत प्रयोग नगरी गाडी आफैले कुदाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर