घरबाट टाढा नेपाली प्रवासी कथा नामक श्रव्य–फोटो प्रदर्शनी
पूर्वाञ्चल खबर
३ पुष २०७३, आईतवार २०:१३
3
Shares
३ पुस ,विराटनगर/ अनौपचारिक क्षेत्रमा कार्यरत अप्रवासी महिलाहरुका कथा र अनुभवलाई समेटिएका घरबाट टाढा नेपाली प्रवासी कथा नामक दुई दिने श्रव्य–फोटो प्रदर्शनी तथा गोष्ठीआजबाट विराटनगरमा सुरु भएको छ ।
अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर फोटो प्रदर्शनी सुरु भएको हो ।डिसेम्बर १८ का दिन सुरक्षित बैदेशिक रोजगारको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धताको नारा सहित जिल्ला विकास समिती मोरङको सभाहलमा २८ जना आप्रवासी महिलाहरुको दैनिकी काम र अनुभवलाई श्रव्य तथा फोटोको माध्यमबाट प्रर्दशनीमा राखिएको ओरेक नेपाल मोरङ सुनसरीको संयोजक मौसम राईले जानकारी दिए ।
प्रदर्शनीमा राखिएको तस्वीरहरु मोरङ, झापा, ईलाम, बर्दिया, महेन्द्रनगरर काठमान्डौंलगायत जिल्लाबाट भारतको विभिन्न स्थानहरुमा पुगेका महिलाहरुको कथावस्तु समेटिएको फोटो पदर्शनीमा राखिएको छ ।
दक्षिण एसियाली अनुसन्धान र विनिमयका लागी एचआरआई, पौरखी, डयान चर्च एड, स्टिचिङ रोटरडयाड, महिला पुनस्र्थापना केन्द्र र मदन पुरस्कार पुस्ताकलयले सयुक्त रुपमा फोटो प्रर्दशनीमा राखिएको हो ।
अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा मोरङ र सुनसरीको विभिन्न स्थानहरुमा सचेतामूलक कार्यक्रहरु समेत गर्दै आएको बताइएको छ ।