पूर्वाञ्चल खबर
विराटनगर / सामाजिक विकास मन्त्री जीवन घिमिरेले भारत भ्रमणका क्रममा महाराष्ट स्थीत नवि मुम्वई तथा पुणेका विभिन्न विषय विज्ञ तथा वैजानिकहरु संग छलफल गरेका छन् ।
पौष २ देखि ०६ गते सम्मको भ्रमणमा निस्कीएका घिमिरेले नगरपालिकाहरुमा उत्पादित हुने फोहोर व्यवस्थापन पर्यापर्यटनको वारेमा अन्तरकृया तथा छलफल गरेका थिए । नेपालमा फोहोरको रुपमा उत्पादन हुने प्लास्टिक हरुको वर्गीकरण पश्चात प्रसोधन गरी आउने प्रेटोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न जरुरी भएको हुदा सामाजिक विकास मन्त्री घिमिरे अध्ययनकालागि पुगेका हुन् ।