पूर्वाञ्चल खबर
विराटनगर / ईलाका प्रहरी कार्यालय रानी विराटनगरले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर १६ हुलास मेटलबाट भक्तपुर अनन्त लिंगेश्वर नगरपालिका ४ घर भइ काठमण्डौ बस्ने २४ वर्षिय राजेश न्यौपानलाई आज पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट शरिरको बिभिन्न भागमा लुकाई छिपाई गरेको लागु औषध नाईट्रोसन १ सय ट्याव्लेट, नाईट्राभेट ६ सय ट्याब्लेट ल्याउदै गरेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका न्यौपानेलाई प्रहरीले लागु औषध तथा नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप भई थप अनुसन्धान भई रहेको जनाएको छ ।