AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

११ करोडको लगानीमा विराटनगरमा सिनेमा हल सञ्चालनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७५, शुक्रबार २०:१४
3
Shares
उद्घाटन गर्दै चलचित्र निर्देशक तथा निर्माता दिपाश्री निरौला साथमा दिपकराज गिरी र माहानगरपालीकाका प्रमुख भीम पराजुली । तस्वीर- पुष्पराज थपलिया
विराटनगर / विराटनरस्थित सेन्ट्रल महलभित्र ११ करोडको लगानीमा सिनेमा हल सञ्चालनमा ल्याएको छ ।

विशाल ग्रुप, देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा उक्त सिनेमा हल आजदेखि सञ्चालनमा आएको हो । १६ हजार २ सय ३५ वर्ग फिटमा निर्माण भएको दुई वटा हलको क्षमता ५ सय सिट रहेको छ । मल्टिप्लेक्समा उच्च प्रविधिका टुडी र थ्रिडी स्क्रीन डल्वी डिजिटल इफेक्ससहितको जेबीएल ब्राण्डको साउन्ड सिस्टम र वर्ड हेल्थ अर्गनाइजेसन गुणस्तरका एसीहरुको रहेको देवनगरा ग्रुपका डाइरेक्टर प्रकास मुन्दडाले जानकारी दिए ।

उद्घाटनको अवसरमा चलचित्र निर्देशक तथा निर्माता दिपाश्री निरौला, दिपकराज गिरी, हास्य कलाकार केदार घिमिरेलगायतको समेत उपस्थति रहेको थियो । लगानी कर्ता तीनै ग्रुप विराटनरका व्यापारीक घराना हुन् । सोही ग्रुपले सिनेमा हल सहितका विविध व्यापारिक प्रयोजनका लागि झण्डै एक सय करोडको लगानीमा विराटनगर–७ को मेनरोडमा अवस्थित रहेको सिनेमा हलसहितको सुविधासम्पन्न सेन्ट्रल मलको निर्माण भइरहेको छ । अबको ४० दिनपछि उक्त मलको पनि उद्घाटन हुने मेनेजिङ डाइरेक्टर प्रकाश मुन्दडाले जानकारी दिए । उक्त मलमा झण्डै ४ सय जनाले रोजगारी पाउने उनले बताए ।

मलमा ५० भन्दा बढी सोरुम, रेष्टुरेन्ट, सुपर मार्केट, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका विभिन्न सोरुम रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर