पूर्वाञ्चल खबर
मोरङको कटहरी गाउँपालिका–३ का ३२ वर्षीय दीपक मिश्रको उपचारको क्रममा मंगलबार नोवेल अस्पतालमा मृत्यु भएको थियो । मिश्रको उपचारमा लागेको खर्च बुझाउन नसक्दा अन्तिम संस्कारकालागि अस्पतालले शव नदिए पछी मन्त्रालयले अस्पतलालई शव जिम्मा लगाउन निर्देशन दिएको हो ।
उपचारको बिल तिर्न नसक्दा अस्पतालले शव नदिएको भन्दै श्रीमती अनिता मिश्रले गुनासो गरेकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको निर्देशनमा चिकित्सा महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पताललाई आज टेलिफोन गरी शव रोकेर नराख्न निर्देशन दिएका हुन् ।
महाशाखा प्रमुख दिपेन्द्ररमण सिंहले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र उपाध्यायलाई टेलिफोन गरी शव आफन्तलाई जिम्मा लगाउन निर्देशन दिए ।
नोवेल अस्पतालमा मृत्यु भएका मिश्रको उपचार खर्च साढे तीनलाख रुपैयाँ नबुझाएसम्म शव फिर्ता नदिने बताउँदै अस्पतालले रोकेर राखेको थियो ।