AArya
RUMPUM
animated ellipse animated ellipse

थापा र पौड्याललाई सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७५, सोमबार १८:२९
3
Shares

विराटनगर / ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको अबसर पारेर मोरङमा रहेर मानवअधिकारको क्षेत्रमा योगदान गर्ने दुई जनालाई सम्मान गरिएको छ ।

आज विराटनगरमा राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार सञ्जाल, विराटनगर महानगरपालिकालगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै मानवअधिकार रक्षक सञ्जाल पूर्वाञ्चलका पूर्व संयोजक तथा इन्सेक प्रदेश कार्यालय विराटनगरका संयोजक सोमराज थापा र वाल समाज नेपाल विराटनगर प्रमुख सिता पौड्याललाई सम्मान गरिएको हो ।

उनीहरुलाई एक नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरे, योजना आयोग एक नम्बर प्रदेश उपाध्यक्ष सुवोधराज प्याकुरेल, विराटनगर  महानगरपालिकाका मेयर भीम पराजुली, नेकपा केन्द्रीय सदस्य विनोद ढकाललगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले समय परिस्थिती अनुसार मानवअधिकारको अभियान परिवर्तन हुने भएपनि मानवअधिकार सबै आबश्यक भएको बताए । उनले पहिले राजनितिक विषय मानवअधिकारको मुद्धा भएपनि अहिले समयसंगै परिवर्तन हुदै गएकोले तत्कालीन सन्दर्भ अनुसारका मुद्धामा मानवअधिकार केन्द्रीत हुनुपर्ने बताए ।

यसैगरी योजना आयोग एक नम्बर प्रदेशका उपाध्यक्ष तथा इन्सेकका पूर्व अध्यक्ष सुवोधराज प्याकुरेलले सास्कृतिक जकडनका कारण महिला हिसा जस्ता हिसा र अपराध हुने गरेको भन्दै सास्कृति जडकनबाट आफुलाई रुपान्तरण गर्नुपर्ने  बताए । उनले देशको संविधान सर्वोच्च भएपनि जनताले सास्कृतिक जकडन हटाउदै हामी नै राज्य हो भन्ने कुरा बुझ्न आबश्यक भएको बताए ।

यसैगरी विराटनगर महानरपालिकाका मेयर पराजुलीले मानव अधिकार क्षेत्र भित्र पर्ने विषयलाई आत्मबोध गरेर स्थानीय सरकारले कार्यक्रम गर्नु पर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य यसोधा अधिकारी, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाललगायतले शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर