RUMPUM
animated ellipse animated ellipse

आइटीएफ तेक्वान्दोका १६ खेलाडी छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७५, आईतवार १६:३८
27
Shares

विराटनगर / आठौं राष्ट्रिय खेलकुद प्रतियोतिाको लागि मोरङबाट १६ जना आइटीएफ तेक्वान्दोका खेलाडी छनौट भएका छन् ।

मोरङ जिल्ला खेलकुद विकास समितिले विराटनगरमा एक सतासम्म कार्यक्रम गरि उत्कृष्ट तेक्वान्दोका खेलाडीहरू छनौट गरेका हुन् ।

पुरुषतर्फ ७१ देखि ७८ केजी समूहबाट विराटनगरका बसन्त बुढाथोकी, ५८ देखि ६४ केजी समूहबाट बेलबारीका बिटिस गुरुङ्ग, ५२ देखि ५८ केजी समूहबाट पथरीका मनिष मगर, ६४ देखि ७१ केजी समूहबाट विराटनगरका अस्मित खड्का, ७८ देखि ८५ केजी समूबाट विराटनगरकै सन्तोष थापा छनौट भएका छन् । त्यस्तै ८५ देखि ९२ तौलम समूहबाट विराटनगरका दिवस बस्नेत, ४८ केजी समूहबाट सुन्दरहरैचाका नितेस खवास, ९२ केजी तौल समूहबाट विराटनगरका सौरभ आचार्य छनौटमा परेका राष्ट्रिय मार्सल आर्टका अध्यक्ष प्रबिण कार्कीले जानकारी दिए ।

त्यस्तै महिलातर्फ ४७ देखि ५२ केजी तौलम समूहबाट पथरीकी रेजीना लावती, ४७ केजी समूहबाट पथरीकै अनिषा कुमारी माझी, ६२ देखि ६७ तौल समूहबाट विराटनगरकी प्रकृती कार्की, ५२ देखि ५७ केजी समूहबाट बुढीगंगा गाउँपालिकाबाट सरस्वती श्रेष्ठ, ६७ देखि ७२ केजी समूहबाट विराटनगरकी आस्था उप्रेती, ७२ देखि ७७ केजी समूहबाट पथरीकी जुनु राणा, ७७ केजी तौल समूहबाट लेटाङ्गकी केशरी आचार्य छनौटमा परेकी छिन् ।

खेलाडी छनौट समितिको निर्णायकमा राष्ट्रिय मार्सल आर्टका अध्यक्ष, नेपाल इन्टरनेशन तेक्वान्दो महासंघको केन्द्रीय उपाध्यक्ष तथा १ नम्बर प्रदेशको अध्यक्ष प्रबिण कार्की रहेका थिए ।

कार्यक्रममा नेकपाका प्रदेश १ का प्रदेश सदस्य गणेश उप्रेती सुशिल, राष्ट्रिय मार्सल आर्टका अध्यक्ष प्रविण कार्कीलगायले छनौटमा परेका खेलाडीहरूलाई बधाइ तथा शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर