AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा किड्स ट्यालेन्ट हन्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७५, बिहीबार १८:४९
3
Shares
विराटनगर / विराटनगर ८ मा रहेको ग्रेडेड बोर्डिङ स्कूलले आयोजना गरेको ‘किड्स ट्यालेन्ट हन्ट’प्रतियोगिता सम्पन्न भएको छ ।

स्कूल परिसरमा आज एक कार्यक्रमको बिच ‘किड्स ट्यालेन्ट हन्ट’सम्पन्न गरेको हो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको नर्सरीदेखि एसकेजी नृत्यको तर्पm प्रथम एसकेजी की मनिक्षा श्रेष्ठ घोषित भइन् । त्यस्तै द्धितीय एसकेजीका मनिस कटुवाल तथा तृतीय एसकेजीकी जिया भगत भइन् । त्यस्तै १ कक्षादेखि ३ सम्मको गायनतर्फको प्रथम कक्षा २ का प्रसद्धि प्रधान द्धितीय कक्षा २ कै राशना तामाङ र तृतीय सदिक्षा बस्नेत घोषित भइन् । नृत्यतर्फ कक्षा ३ का राज पराजुली प्रथम भए भने कक्षा २ का निराजन मिश्रा दृतिय तथा कक्षा २ कै प्रसय विष्ट तेस्रो भएका छन् ।

स्कूलमा अध्ययरत विद्यार्थीहरूको प्रतिभा खोजी गर्ने उद्देश्यले यस्तो खालको प्रतियोगिता आयोजना गरेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए ।

प्रतियोगिताको फाइनलमा नृत्यतर्फ ५९ जना र गायनतर्फ ५ जना रहेको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशक कविता श्रेष्ठ, मनोज राजवंशी र राजन राई रहेका थिए । उक्त प्रतियोगिताको कोरियाग्राफर मनोज राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर