पूर्वाञ्चल खबर
नेपाल नेत्र ज्योति संघ र अरविस अन्तराष्ट्रिय संस्थाले सुरु गरेको स्कूले बालबालिकामा देखिने दृष्टि दोष निवारण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । आँखा परिक्षणको क्षेत्रमा एक नम्बर प्रदेश त्यसमा पनि विराटनगर अगाडि रहेको बताउँदै मुख्यमन्त्री राईले यस प्रदेशलाई आइकेयर टुरिजमको केन्द्रका रुपमा वकास गर्न सकिने उल्लेख गरे । अन्य उपचारका लागि भारतलगायत अन्य देशमा जानु पर्ने बाध्यता रहे पनि आँखा परिक्षणका लागि वर्षेनी भारतबाट लाखौंको संख्यामा विरामीहरु विराटनगर आउने गरेकाले पनि यस क्षेत्रलाइ आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने उनले बताए ।
नेपाल नेत्र ज्योति संघ र अरविस अन्तराष्ट्रिय संस्थाले सुनसरी र मोरङको विराटनगर महानगरपालिकाका स्कूले बालबालिकाहरुको निःशुल्क आँखा जाँच कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम अवधी भर २ लाख ८० हजार स्कूले बालबालिकाको निःशुल्क आँखा जाँच गरिने जनाइएको छ । साथै उनिहरुलाइ निःशुल्क औषधी र ६ हजार चस्मा वितरण गरिने जनाइएको छ ।