AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारको नीति निर्देशन पालना गर्न प्याब्सन अध्यक्ष साम्हाम्फेको निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७५, शनिबार २१:३८
3
Shares
अर्जुन सुबेदी
सुनसरी निजि तथा आवाशीय बिद्यालय अर्गनाइजेशन प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष बिजय सम्हाम्फेले सरकारको नीति निर्देशन पालना गर्न बिद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् ।

प्याब्सन सुनसरीको १४ औ जिल्ला अधिबेशनको उद्धघाटन समारोहमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । नीजि बिद्यालयमाथी सरकारले केही नगरेको भन्दै गुनासो गर्नुभन्दा परिणाम देखिने गरी काम गर्नु पर्ने आवश्यकता उनले औल्याए । उनले राज्यले नीजी बिद्यालयलाई केही गरेन भन्नुभन्दा पनि आफूले राज्यको लागी के योगदान गर्न सकियो भन्ने कुरा बिचार गर्न आग्रह गरे ।

नीजि बिद्यालयहरुले सरकारलाइ नटेरेको, जथाभावी शुल्क बुद्धी गरेकोमा आलोचना बढीरहेको भन्दै अध्यक्ष सम्हाम्फेले यस्तो गुनासो आउनु लाजमर्दो भएको बताए । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानिय तहमा पुगेको भन्दै उनले स्थानिय तहको नीति नियम र निर्देशनलाइ पालना गर्नु पर्नेमा जोड दिए । निजी बिद्यालयहरु पनि समय सापेक्ष परिवर्तन हुनुपर्ने भन्दै उनले परम्परागत शिक्षण पद्धतीलाइ परिमार्जन गर्नु पर्ने बताए । बिश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने खालको प्राबिधिक शिक्षालाइ सघाउ पुर्याउने खालको शिक्षा प्रदान गर्न नीजी बिद्यालयहरु लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय महासचिव राजेन्द्र बानियाले राज्यले नीजि बिद्यालयमाथी ठुलो बिभेद गरेको आरोप लगाए । नीजी र सरकारी बिद्यालयबिच तुलना गर्दै उनले सरकारले नीजि बिद्यालयमाथी कुनै सुबिधा नदिएको गुनासो गरे । राज्यले सरकारी बिद्यालयलाइ मात्र सेवा सुबिधा उपलब्ध गराउने तर नीजी बिद्यालयलाइ सौताको छोरा जस्तो ब्यवहार भरेको उनको आरोप छ ।

कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले शिक्षा क्षेत्रमा नीजि बिद्यालयको योगदान बिर्सन नहुनेमा जोड दिए । शैक्षिक जनशक्ति उत्पादनमा नीजी बिद्यालयहरुको ठुलो योगदान रहेको भन्दै पढ्नकै लागी बिदेशिनु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।

प्याब्सन एक नम्बर प्रदेश अध्यक्ष नारायण घिमिरेले एक नम्बर प्रदेशका नीजी बिद्यालयहरु अब्बल रहेको भन्दै यो गुणस्तरियता कायम राख्न निजी बिद्यालय सञ्चालकहरु सचेत हुनुपर्ने बताए । अधिबेशन नयाँ कार्यसमिती चयन गर्दै सकिने ब्यब्सन सुनसरी अध्यक्ष सुमित थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर