AArya
RUMPUM
animated ellipse animated ellipse

कार्यालय सचिव फुयाल सम्मानित हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७५, शुक्रबार २२:१२
3
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङ शाखाको कार्यालय सचिव दिपक फुयाललाई नगद सहित सम्मान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको बार्षिक साधारणसभाको अवसर पारेर फुयाललाई नगदसहित सम्मान गर्न लागिएको हो । महासंघको आज बसेको नवौं बैठकले आगामी पुस २० गते विराटनगरमा साधारणसभामा फुयाललाई नगद ५१ हजार रासीसहित सम्मान गर्ने निर्णय गरेको हो । फुुयाँल विगत २२ बर्षदेखि पत्रकार महासंघ मोरङको कार्यालय सचिवको रुपमा काम गर्दै आएका छन् ।

यसेविच वैठकले साधारणसभा सम्पन्न गर्नकालागि अध्यक्ष बन्धु पोखरेलको संयोजकत्वमा उपाध्यक्षहरु कुमोद अधिकारी र सुशीला पाठक सदस्य रहेको मूल समिति निर्माण गरिएको छ । कोषाध्यक्ष सन्तोष सिग्देलको संयोजकत्वमा सदस्यहरु नविन कर्ण र कौशल निरौला रहेको आर्थिक उपसमिति निर्माण गरिएको छ ।

साधारणसभामा प्रस्तुत हुनेगरी नेपाल पत्रकार महासंघ मोरङको इतिहास र वर्तमान अवस्था समेट्ने गरी वृत्तचित्र निर्माण गर्ने निर्णय गरिएको सचिव अर्जुन आचार्यले बताए । उनले वृत्तचित्र निर्माणकालागि शाखाका सल्लाहकार तथा पूर्वअध्यक्ष महेन्द्र विष्ट संयोजक रहनेगरी पूर्वअध्यक्ष मोहन भण्डारी र शाखाका साधारण सदस्य मोहन मानन्धर सदस्य रहने गरी समिति निर्माण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर