पूर्वाञ्चल खबर
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा राजदूत एलिजावेथसँगै डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्जलार्बीको सहभागिता थियो। मुख्यमन्त्री राईले प्रदेश सरकारका प्राथमिकता, सहयोगको क्षेत्र, र चुनौतीको बारेमा जानकारी दिए। उनले प्रदेश सरकारले अगाडि सारेका योजना, कार्यक्रमहरूको विषयमा छलफल गरेका थिए। प्रदेश सरकारले कानुन निर्माणलाई तिब्रता दिएको र आवद्यिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए।
संविधानमा उल्लेख भएको अधिकार प्रदेश सरकारले प्रयोग गर्दे अगाडि बढिरहेको मुख्यन्त्री राईले बताए। छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विशेषता, सम्भावनाका बारेमा अवगत गराएका थिए। राजुदूत क्यापलरले नेपालले हासिल गरेको उपलब्धि संसारका लागि उदाहरणीय भएको बताए।
छलफलबाट प्रदेशको भूमिका बुझ्न राम्रो अवसर मिलेको उनको भनाई थियो। विश्व बैंकका प्रतिनिधि लारर्बीले प्रदेश सरकारसँग सहकार्य गर्न आतुर रहेको बताए। उनले संघीय सरकारको अनुमतिमा सबै प्रदेश सरकारसँग छलफल गरिरहेको उनले बताए। ‘हामी लामो समयदेखि एकात्मक संरचनामा रहेको व्यवस्थामा काम गर्र्यौं’ डिएफआइीका नेपालप्रमुख मार्सदेनले भने, ‘नेपाल नयाँ संरचनामा गएसँगै प्रदेश र स्थानीय तहसँग कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफलमा छौं।’
प्रदेश सरकारका प्राथमिकता तथा समस्या हेरेर काम गर्न सकिने उनको भनाई थियो। छलफल संघीयता कार्यान्वयनकालागि नेपाल सरकार र दातृ निकायले संयुक्त रुपमा शुरुवात गरेको क्षमता विश्लेषणमा केन्द्रित थियो।