पूर्वाञ्चल खबर
सो अन्तरकृया कार्यक्रम व्यापकरुपमा सहभागिता जुटाएर आगामी मंसिर २३ गते नेकपा पार्टी कार्यालय मोरङमा गर्ने भएको छ। केन्द्रीय नेतृत्व सहित अनेमसंघ जिल्ला कमिटीका अध्यक्ष कृष्णा राईको अध्यक्षतामा आज विराटनगरमा बसेको बैठकले सो निर्णय गरेको हो। एक कमिटी एक कार्यक्रम गर्नुपर्ने केन्द्रीय निर्देशन अनुसार जिल्ला कमिटीले संयुक्त रुपमा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्णा राईले बताइन् ।
कार्यक्रम व्यवस्थित गर्न बैठकले मूल व्यवस्थापन समिति र उपसमितिहरू गठन गरेको छ। राईको संयोजकत्वमा १५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको छ। त्यसैगरी उपसमितिहरुमा हल व्यवस्थापन समितिमा सरस्वती खरेलको संयोजकत्वमा चार सदस्यीय उपसमिति, आर्थिक व्यवस्थापन समितिमा बिमला दाहाल घिमिरेको संयोजकत्वमा चार सदस्यीय उपसमिति, प्रचारप्रसार समितिमा टिका भट्टराईको संयोजकत्वमा छ सदस्यीय उपसमिति गठन गरेको छ।