AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्छ– मन्त्री कुसियल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७५, बिहीबार २०:४९
3
Shares
फाइल तस्वीर
विराटनगर / विराटनगरवाट हिमाली उडान( माउण्टेन्ट फ्लाईट) हुन लागेको मा प्रदेश नं १ का उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियलले खुशी हुदै शुभकामना दिएका छन् ।

प्रदेश सरकार गठनको क्रममा पहिलो घोषणा हिमाली उडान गरी स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हिम श्रृङखलाको दृश्यावलोकन गराउने घोषणा साकार हुन पाएकोमा मन्त्री कुसियतले हर्ष व्यक्त गर्दै शुभकामना दिएका हुन् । मन्त्री कुसियलले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई उडानवाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उडान सुचारु रुपले संचालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने वताउँदै मन्त्री कुसियतले आगामी वर्षमा थप विदेशी पर्यटक वृद्धि भई संघीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पु¥याउनलाई सहयोग मिल्ने वताए ।उनले छिमेकी देश भारतको पश्चिम वंगला, विहार उत्तर प्रदेशलगायत वंगलादेशमा ६० करोड भन्दा वढी जनसख्याको वसोवास रहेको वताउँदै उडानलाई ती क्षेत्रमा विक्री गर्न सके एकदेखि दुई प्रतिशत मात्र पर्यटक आगमन भएमा प्रदेशको लक्ष्य पुरा हुने धारणा व्यक्त गरे ।

मन्त्री कुसियलले प्रदेश सरकारले तेश्रो देशको पर्यटकहरुलाई यस क्षेत्रमा आवगमन सहज बनाउँन आगामी केही दिन भित्र विराटनगर र पशुपति नगरमा अध्यागमन कार्यालय स्थापना गर्ने वताए । उनले आवश्यक भौतिकपूर्वारको कमीका कारण कार्यालय स्थापनामा ढिलाई भएको स्पष्ट पार्दै चाडै नै कार्यालय स्थापनामा भै तेश्रो देशका पर्यटक आवागम यस क्षेत्रमा सहज हुने छन् भने ।

नेपालको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्र मुख्य रहेको चर्चा गर्दै मुख्य मन्त्रीले प्रदेशमा प्राकृतिक क्षेत्र, हिमाली क्षेत्र, हिमाल, तालतलैया, सरक्षण क्षेत्र र धार्मिक पर्यटकस्थलको व्राडिण्ङ गरी निजी क्षेत्रको सहयोगमा छिमेकी तथा विदेशमा विक्री गरी विदेशी मुद्रा आर्जन गरि मुलुकको व्यापार घाटा न्यूनियनकरणमा सहयोग पुग्ने बताए ।

मन्त्री कुसियलले पर्यटकलाई आकर्षण गर्न यस क्षेत्रको पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, पदमार्ग निर्माण , जीर्ण मठमन्दिरलाई मर्मत सम्भारका लागि आवश्यक वजेट विनियोजन गरिएको वताउँदै पर्यटकको वसाई अवधि वढाउन निजी क्षेत्रको सहयोगमा सुविधा सम्पन्न होटल,चमेना गृह, घरवासको व्यवस्था मिलाइएको वताए ।
मन्त्री कुसियल विराटनगर विमानस्थलवाट छिमेकी देश भारतको विहार, पश्चिम वंगाल,उत्तरप्रदेश तथा वंगलादेशका शहरमा अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रीपरिषदले निर्णय गरी संघीय सरकारमा पठाएको वताउँदै स्वीकृति हुनासाथ उडान सुचारु हुने बताए ।

प्रदेश नं १ मा रहेको १४ विमानस्थलमध्ये हाल विराटनगर– तुम्लिङ्गटार मात्र संचालन रहकोमा आगामी केही दिन भित्र विराटनगरलाई केन्द्रविन्दु वनाई उडान संचालन गर्ने उनले वताए ।

पर्यटन मन्त्री कुसियलतले विराटनगरवाट अन्तरदेशिय उडान अन्तर्गत पोखरा, नेपालगंज लगायत अन्य शहर पर्यटकीय क्षेत्रमा उडनका लागि संघीय सरकारलाई अनुरोध समेत गरेले चाँडै सुचारु हुने विश्वास व्यक्त गरे । उनले विराटनगर – पोखरा उडानका निजी क्षेत्रवाट धेरै अनुरोध आएको तथा स्वदेशी तथा छिमेकी पर्यटकको चासो र चाहना भएको पाइएकोले केही हप्ताभित्र सञ्चालन हुने बताए ।

मन्त्री कुसियलले काठमाडौवाट सोलुखुम्वुको फाप्लु उडानको चाप धेरै भएको तथा नेपालीले हवाई सेवाको टिकट समेत नपाउने गुनासो आएको वताउँदै विराटनगरवाट फाप्लु उडानको व्यवस्था समेत मिलाउँने बताए । उनले फाप्लु उडानको व्यवस्था भएमा दैनिक १० उडान हुन सक्ने यस क्षेत्रका पर्यटन व्यवसायीहरुले आग्रह गरेका बताए ।

यही मङसिर ८ गते शनिवार विहान हुने हिमाली दृश्यावलोकन उडानमा प्रदेश नं १ मा मुख्यमन्त्री शेरधन राईसहित प्रदेशका सम्पूर्ण मन्त्री, उच्च पदस्थ कर्मचारीहरुका सहभागिता हुने मन्त्री कुसियलले वताए । हिमाली उडानवाट पर्यटकहरुले कञ्चनजंडा, मकालु, लोत्से, सगरमाथा र गौरीशंकर हिमाललाई नजिकवाट हेर्न र अवलोकन गर्न सक्ने होलिडेज नेपालका अध्यक्ष भविष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर