पूर्वाञ्चल खबर
मुख्यमन्त्री राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मन्त्रालय गरेको प्रगति समीक्षा कार्यक्रममा सबै मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् । हामी काम गर्ने विन्दुमा प्रवेश गरेका छौं,’ मुख्यमन्त्री राईले भने, ‘यो १५ दिनभित्र आवश्यक पर्ने सवै संयन्त्रहरू तयार गरेर अगाडि बढ्नुहोस् । आर्थिक वर्षको चार महिना सकिएको छ ।’ बाँकी रहेको समय अलि कति पनि खेर नफाली काम गर्न र कर्मचारी, कार्यालय, कार्र्यिवधि, निर्दशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नु पर्नेमा मुख्यमन्त्री राईले जोड दिए ।
जनतामा उत्साह जगाउने गरी काम गर्न समेत मन्त्री र सचिवलाई मुख्यमन्त्री राईले निर्देशन दिएको छ । ‘जनतामा निराशा छाउँदै गएको, सरकारले परिणाम देखाउने गरी काम गर्न सकेन जस्ता कुराहरू बाहिर आउन थालेका छन् । मुख्यमन्त्री राईले भने जनताको आशालाई मर्न दिनु हुँदैन’, ‘जनतामा उत्साह र विश्वास हामीले जगाउन सक्नु पर्छ ।’ उनले जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन् ।
र्
मुख्यमन्त्री राईले प्रदेश १ सरकारको नीति कार्यक्रम तथा बजेट राम्रो रहेको भन्दैे यसको कार्यान्वयनमा विशेष ध्यान दिन सवैलाई निर्देशन समेत दिए । बजेट कार्यान्वयनमा अनेक बहाना बाजी देखाएर कसैले पनि छुट नपाउने भन्दै कर्मचारी भएन,समय पुगेन भनेर कसैले भन्न नमिल्र्ने मुख्यमन्त्री राईले बताए । ‘काम गर्न केले समस्या भएको छ । सचिवले विभागीय मन्त्रीलाई भन्नुर्पयो । मन्त्रीले मलाई भन्नुर्पयो,’मुख्यमन्त्रीले भने, ‘मन्त्रिपरिषदबाट भए पनि काम गर्ने वातावरण बन्छ ।’ कसैले पनि हिनताबोधको भाव प्रकट नगरी दृढ इच्छा शक्ति, जोश र जाँगरका साथ काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिए। प्रगति समीक्षामा मन्त्रालयगत सबै सचिवहरूले कामको प्रगति विवरण प्रस्तुत गरे ।