AArya
RUMPUM
animated ellipse animated ellipse

एभरेष्टले पूर्वाञ्चलमै उत्कृष्ठ नतिजा ल्याएको दाबि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७३, शुक्रबार १९:३५
3
Shares

१ पुस विराटनगर/ हिजो प्रकाशित कक्षा–११ को परीक्षामा विराटनगर– ६ मा रहेको एभरेष्ट उच्च माविले पूर्वाञ्चलमै उत्कृष्ठ नतिजा ल्याएको दाबि गरेको छ ।

सो उच्च माविबाट कक्षा–११ को परीक्षा दिएका विद्यार्थीमध्ये विज्ञान संकायतर्फ अनिष भण्डारीले ८८ दशमलब ८० प्रतिशत, पौरख फुयालले ८८ दशमलब ६० प्रतिशत र व्यवस्थापनतर्फ सुनिधि केसीले ८७ दशमलब २० प्रतिशत अकं ल्याएर पूर्वाञ्चलमै उत्कृष्ट भएको दाबी विद्यालयले गरेको हो ।

उक्त उच्च माविबाट विज्ञान संकायबाट ९० प्रतिशत विशिष्ट श्रेणी र व्यवस्थापन संकायबाट ५२ प्रतिशतसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको उच्च माविका प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर