AArya
RUMPUM
animated ellipse animated ellipse

रेफ्री समिति गठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ मंसिर २०७५, सोमबार २०:५०
3
Shares
विराटनगर / फुटबलको विकास, सहजता र ब्यवस्थापनका लागि जिल्ला फुटबल संघ मोरङले रेफ्री समिति सहित अन्य दुइवटा उपसमिति गठन गरेको छ।

आज संघको विराटनगरस्थित कार्यालयमा बसेको कार्यसमिति बैठकले मोरङ जिल्लामा रहेका रेफ्रीहरुको समिति, प्राविधीक तथा प्रतियोगिता उपसमिति तथा अनुशासन उपसमिति गठन गरेको अध्यक्ष दीपेन्द्र धिमालले जानकारी दिए ।

मोरङ जिल्लामा हुने खेलकुद प्रतियोगितामा हुनसक्ने दुर्घटना, दुब्र्यव्हारलाई लक्षित गर्दै रेफ्रीहरुलाई बलियो बनाउने लक्ष्यका साथ एकीकृत गरिएको अध्यक्ष धिमालले बताए। संघसंगको स्वीकृति विना प्रतियोगिता हुदा“ त्यसबाट हुने दुर्घटनालाई कम गराउन सकिने र विना स्वीकृति प्रतियोगिताको जिम्मेवारी संघले नलिने अध्यक्ष धिमालको भनाइ छ।

खेल खेलाउने क्रममा हुने झैझडा, खेलको सशक्त भूमिकामा देखिने रेफ्री विवादास्पद हुने हुदा“ त्यसलाई नियन्त्रण र सभ्य खेलकुद प्रतियोगिता गराउन समिति गठन गरिएको पूर्व राष्ट्रिय रेफ्री एवं समितिका अध्यक्ष मधुसुदन खनालले बताए।

त्यसैगरि, बैठकले प्रशिक्षक एवं जिल्ला सदस्य मनिष तिम्सिनाको संयोजकत्वमा प्राविधीक तथा प्रतियोगिता उपसमिति गठन गरिएको छ। उनीसंगै समितिमा प्रशिक्षक पारस चौधरी, र पूर्व रेफ्री मधुसुदन खनालपनि रहेकाछन्। त्यसैगरि, बैठकले जिल्ला सदस्य अभयकुमार राईको संयोजकत्वमा अनुशासन उपसमितिपनि गठन गरेको छ। पूर्वराष्ट्रिय खेलाडी विनेश बस्नेत, जिल्ला सदस्य प्रभाकर थापासहितको उपसमितिले संघको स्वीकृतिमा भएका प्रतियोगिताका खेलहरुमा अनुशासनको क्षेत्र हेर्नेछ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर