पूर्वाञ्चल खबर
नेपाल पत्रकार महासंघ मोरङले आज विराटनगरमा आयोजित सुरक्षित पत्रकारितका लागि दण्डहीनताको अन्त्य बिषयक कार्यक्रममा मन्त्री कार्की सो कुरा वताएका हुन् ।
विश्व जनमत तयार गर्ने पत्रकारित क्षेत्र स्वच्छ र मर्यादित हुनु पर्छ भन्दै मन्त्री कार्कीले राज्यलाई जिम्मेवार बनाउन पत्रकारिता क्षेत्र झन जिम्मेवार बन्नु पर्छ बताए ।
मन्त्री कार्कीले सत्य र तथ्ययुक्त समाचार सम्प्रेषण गरेर असल समाज निर्माण गर्न पत्रकारित क्षेत्रको भूमिका अग्रणी छ भन्दै जिम्मेवार पत्रकारिताका लागि प्रदेश सरकार संधै सहयोग गर्न तयार रहेको बताए ।
मन्त्री कार्कीले कानून भन्दा कोही पनि माथि नभएको चर्चा गर्दै प्रदेश सरकारको सूचना प्राप्त गर्न कुनै पनि पत्रकारलाई कुर्नु नपर्ने वातावरण तयार गर्ने कुरामा जोड दिए ।
सघीय फोरम नेपाल प्रदेश १ का संसदीय दलका नेता जयराम यादवले जनताका विकास र दण्डहीनतालाई अन्त्य गर्न सबैले आ–आफनो कर्तव्य पूरा गर्नु पर्ने वताए । उनले पत्रकारीतामा मात्र नभएर सबै क्षेत्रमा दण्डहिनताको अन्त्य हुनु पर्नेमा जोड दिए ।
मोरङका प्रमुख जिल्ला प्रमुख अधिकारी रमेशकुमार केसीले समृद्ध, आधुनिक र विकसित समाज निर्माण गर्न पत्रकारिता क्षेत्र इमान्दार बन्नु जर्ने बताए ।
प्रदेश नं.१ का प्रहरी प्रमुख केदार रिजालले अपराधमुक्त समाज निर्माण गर्न प्रहरी जहिले पनि दण्डहीनता अन्त्य गर्न लागि परेको चर्चा गरे ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका सभापति बन्धु पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चलका प्रमुख मोहनदेव जोशी, नेपाल पत्रकार महासंघ प्रदेश नं.१ का सभापति विक्रम लुइटेल, नेपाल पत्रकार महासंघ मोरङका उपसभापति कुमोद अधिकारीले पनि दण्डहीनताको अन्त्य हुनु पर्ने बताए ।