पूर्वाञ्चल खबर
प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा आन्तरिम मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आज संचारकर्मीहरुसँग कुराकानीको क्रममा यस्तो खण्डन गरेका हुन् ।
मन्त्री कार्कीले कसैको व्यक्तिगत रिसिइबीका कारण भएको झै झगडाको विषय मुख्यमन्त्री तथा १ नम्बर प्रदेशसरकारसँग जोड्नु अर्थ नहुने बताए ।
मन्त्री कार्कीले समाचारमा आएजस्तो मुख्यमन्त्रीले कोही कसैलाई औपचारिक रुपमा भेट नगरेको र कोही कसैसँग भेट गर्ने कार्यक्रम पनि नभएको बताए । मुख्यमन्त्री राई उपचारका लागि बैंकक जानु भएको र नीजि भ्रमणका लागि नेपाल सरकारसँग स्वीकृति लिएरै अमेरिका जानु भएको पनि मन्त्री कार्कीले जानकारी दिए ।
मुख्यमन्त्री राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको यसअघि सार्वजनिक भएको थियो । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार राईमाथि गएराति कुटपिट भएको जनाइएको छ । राईलाई मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट गरेको बताइन्छ ।
समाचारमा मुख्यमन्त्री राईको स्वागतमा एमाले सम्बद्ध प्रवासी मञ्चका वर्तमान पदाधिकारी र कार्यकर्ताको उपस्थिति नभएको, उनलाई स्वागत गर्न विवादास्पद व्यक्ति पुगेको लगाएका विषय उल्लेख थियो । मुख्यमन्त्री राई १ हप्ताका लागि उपचारका लागि बैंकक हुँदै अमेरिका भ्रमणमा निस्कनु भएको थियो ।