AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

५० हजारको लोभले बेचिँदै नेपाली चेली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७५, मंगलवार ०८:५९
3
Shares
माइती नेपालको नेपालगन्जस्थित कार्यालय परिसरमा उद्दार गरिएका महिलाहरु । तस्बिर : शंकरप्रसाद खनाल
नेपालगन्ज / २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् ।

दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो ।

उद्दार गरिएका सबैलाई माइती इण्डियाले सोमबार बाँके प्रहरी र माइती नेपाल नेपालगन्जलाई उनलाई हस्तान्तरण गरेको छ । खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्दार गरी माइती नेपाल फर्काइएको हो ।

उद्दार गरिएकामा झापाका १० जना छन् । कास्की, काभ्रे, सुनसरी, सप्तरी, कपिलवस्तु, दैलेख, मोरङका दुई/दुई जना छन् । सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयपुर, रामेछाप, काठमाडौं, दाङ, इलाम, तेह्रथुमलगायकाका जिल्लाका एक/एक जना रहेको माइती नेपालले जनाएको छ । उनीहरू कम्तीमा २१ वर्षदेखि बढीमा ४२ वर्षसम्मका छन् ।

उद्दारकर्ता माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार यी महिलालाई भारतको अवैध बाटोबाट खाडी मुलुकमा रोजगारीमा पठाउने भन्दै लगिएको थियो । पाण्डेले भने, ‘एकजना महिला पठाए वापत मुख्य दलालले खाडीका साहुबाट ४ लाख भारु पाउने रहेछन् । त्यो रकममध्ये काठमाडौंस्थित दलालको भागमा एक लाख, गाउँमा महिला सम्पर्क गराउनेदेखि दलालको सम्पर्कमा ल्याउनेलाई पाँच हजारदेखि २० हजार दिइने गरेको थियो ।’ याे खबर अाजकाे अन्नपूर्णपाेष्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर