AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तिहारपछि नागरिकको हातमा राष्ट्रिय परिचयपत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७५, आईतवार ०८:५२
3
Shares
काठमाडौं / तयारी थालेको आठ वर्षपछि सरकारले नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने थालेको छ । तिहारलगत्तै पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत उच्चपदस्थ निजामती कर्मचारीलाई बायोमेट्रिक विवरणसहित चिप प्रविधिको परिचयपत्र वितरण गर्ने लागेको हो ।

अन्तिम परिक्षण सफल भएपछि बिहीबारदेखि छाप्न सुरु भएको परिचयपत्र यही महिनाको अन्तिमदेखि बाँड्न सकिने गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दीपक काफ्लेले बताए ।

परिचयपत्रमा दशै औलाको औँठाछाप हुनेछ । कार्यकारी निर्देशक काफ्ले भने मेसिन रिडएबल प्रविधिको यस्तो काडमा सबै व्यक्तिगत विवरण रहनेछ । परिचयपत्रमा स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबा, श्रीमान–श्रीमतीको नाम पनि हुने काफ्लले जानकारी दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर