पूर्वाञ्चल खबर
विवेकशील साझा पार्टी मोरङले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले आफ्नो पार्टी स्थापना गरेको थोरै समयमा आम जनताको आस्था र विश्वास बढिरहेको पाइएको बताए । ठूला राजनीतिक दलले नेपाली समाजलाई बन्धक बनाएको आरोप लगाउंदै संयोजक मिश्रले हाम्रो पार्टीले भातृ संगठन नबनाउने कुरामा जोड दिए ।
गएको निर्वाचनमा पार्टीले आर्जन गरेको सद्भावलाई सशक्त बनाएर अगामी निर्वाचनमा जनताका माझमा जाने वताउंदै नेपाली राजनीतिक दलहरुकै कारण मुलुकमा विदेशी हस्तक्षेप भइरहेको संयोजक मिश्रले बताए । जीवनमा इमानको धरातलबाटै यहाँसम्म आएको र यसैको माध्यमबाट बुद्धिजिवी, विद्यार्थी, जनतालाई पार्टीमा आकर्षित गराउने भन्दै संयोजक मिश्रले हामी कल्याणकारी लोकतन्त्रको पक्षधर भएको चर्चा समेत गरे ।