पूर्वाञ्चल खबर
आज विराटनगरमा मोरङ व्यापार संघको ६३ औं वार्षिक साधारण सभामा उद्घाटन गदै डा. खतिवडा सो कुरा बताएका हुन् । प्रत्यक्ष विदेशी लगानी भीत्र्याउन पूर्वाधारको विकास हुनुपर्ने त्यसका लागि सरकारले पर्याप्त ढोका खुल्ला गरेको अर्थमन्त्री खतिवडाले बताए । सरकारले स्वस्थ्य कर प्रशासन निर्माण गर्ने उद्देश्यले भ्याट छुटको खेती गर्न बन्द गरेको समेत उनले बताए । भ्याट छुट दिने प्रणालीबाट लोक कल्याण कारी कार्य नभएको बताउँदै अर्थमन्त्री खतिवडाले भ्याट छुट भन्दापनि उत्पादनमा अनुदान दिने व्यवस्था गरिएको जानकारी दिए ।
‘तपाईहरु उद्योगी व्यवसायीहरु उद्योगी औद्योगिक विकासका लागि बिषेश योजना लिएर आउनुहोस सरकार अवश्य सहयोगका लागि सरकारी उद्योगहरु संचालनका लागि तयार छ,’ अर्थमन्त्री डा. खतिवडाले भने ।
उनले सरकार निम्न आयस्तर भएका नागरिकको हितलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताउँदै सबै खाले आर्थिक द्वन्द्व समाधानको बाटो पहिल्याउन लागिरहेको जानकारी दिए ।
अर्थमन्त्री डा. खतिवडाले उद्योग रहे नै बैंकपनि फस्टाउने बताउँदै दुवै क्षेत्रलाई विन विन हुने अवस्थामा लैजान सरकारले नितिगत रुपमा काम अगाडी बढाएको समेत बताए ।
कार्यक्रममा बोल्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले उद्योगीलाइ प्रोत्साहीत गर्ने र निर्यातलाइ बृद्धि गर्ने तर्फ प्रदेश सरकारले जोड दिइरहेको बताए । निर्यातलाई जोड दिने र आत्मनिर्भर बन्ने कुरामा सरकारसंगसंगै नीजि क्षेत्रलेपनि जोड दिनुपर्ने उनले बताए ।
निर्यात प्रवद्र्धन गर्न उत्पादनमुलक क्षेत्रको विस्तार र अन्तराष्ट्रिय बजारको खोजी गर्न पूर्वका उद्योगी व्यवसायीहरुले सरकारसंग आग्रह गरेका छन् । साधारण सभामा बोल्ने उद्योगी व्यवसायीहरुले निर्यातजन्य उद्योगमा लगानीको आकर्षण हुने किसिमले लगानीकर्ताहरुलाई उत्प्रेरीत गर्न त्यसै अनुसारको नीति निर्माण गर्न आग्रह गरेका हुन् ।
स्वदेशी उद्योगीहरूको क्षमता नपुग्ने ठूला परियोजनामा मात्रै विदेशी लगानी भित्र्याउनुपर्ने बताउँदै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सरकारले एफडिआइ भित्र्याउने नीति परिमार्जन गर्नुपर्ने माग गरे।