AArya
RUMPUM
animated ellipse animated ellipse

‘मुनामदन’ नाटक अब विराटचोकमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७५, आईतवार २१:०४
3
Shares
विराटनगर / महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा लोकप्रिय कृति ‘मुनामदन’ खण्डकाव्यमा आधारित नाटक मोरङको विराटचोकमा मञ्चन हुने भएको छ ।

विराटनगर र काठमाडौंको सफलतापछि ‘मुनामदन’ नाटक अब विराटचौकमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्ष कट्वाल दीपकले बताए । मुनामदनका नाट्य रुपान्तरण पनि दीपकले नै गरेका छन् ।

विराटनगरस्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा गत फागुन ११ गतेदेखि २१ गतेसम्म र काठमाडौंको शिल्पी थिएटरमा दर्शकहरूबाट अत्यधिक रुचाइएको नाटक ‘मुनामदन’ टोलीले सुन्दरहरैंचाको विराटचौकमा मञ्चन गर्न लागेको हो ।

विराटचोकमा कात्तिक १७, १८ र १९ गते गरी तीन दिन मञ्चन गर्न लागिएको दीपकले बताए । नाटक हरेक दिन बेलुका ६ बजेदेखि सुरू हुनेछ । नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् । सविन शिल्पी थिएटरका कलाकार हुन् । नाटकमा निर्देशक सविनले मुख्य कलाकार मदनको भूमिका निभाउने छन् । त्यस्तै सरु कटवाल, जीना राई, लकेश राई, एन्जन पौडेल, सुशीला निरौला, मन्जु गिरी, विजया नेपाललगायतको अभिनय रहनेछ ।

नाटकमा सुन्दरहरैंचा नगरपालिका, सुन्दरहरैंचा जेसीज, उद्योग वाणिज्य संघ सुन्दरहैंचा र रेडियो कार्यक्रम ‘नझरेका फूलहरू’ले सहयोगी संस्थाको भूमिका निभाउने छन् । यस्तै नाटकका व्यवस्थापकमा सन्देश बाराकोटी र कार्यक्रम संयोजकमा शरद ढकाल रहेका छन् । संयोजक ढकालले सुन्दरहरैंचामा पहिलो पटक यति ठूलो नाटक मञ्चन गर्न लागेको बताए । विराट आदर्श साहित्य मञ्चको आयोजना तथा शिल्पी थिएटरको सहकार्यमा मञ्चन हुन लागेको मुनामदन नाटकले दर्शकको मन जित्नेमा आफू विश्वस्त भएको आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर