AArya
RUMPUM
animated ellipse animated ellipse

महिला साफ च्याम्पियनसिप गराउन विराटनगर तयार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ कार्तिक २०७५, मंगलवार १९:३८
3
Shares
विराटनगर । श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ  । यससंगै नेपालको कुनठाउमा ‘साफ महिला च्याम्पियनसिप’गर्ने भन्ने विषयमा बहस पनि शुरु हुन थालेको छ ।

आउदो डिसेम्बर १७–२६ अर्थात पुष २ गते देखि ११ गते सम्म हुने साफ च्याम्पियनसिप गर्न विराटनगर पनि तयार रहेको छ । साफले सहमति दिएमा प्रतियोगिता सन्चालनका लागि विराटनगर तयार रहेको अखिल नेपाल फुटबल संघ एन्फाका सह महासचिव बसन्त अर्यालले जानकारी दिए । यसका लागि विराटनगर महानगरले विशेष सहयोग गर्ने घोषणा समेत गरेको छ ।

मंगलबार विराटनगर स्थित सहिद रंगशालाको खेलमैदानको अबस्था अनुगमन गर्दे विराटनगर महानगरका मेयर भीम पराजुलीले साफ महिला च्याम्पियनसिप प्रतियोगिता विराटनगरमा गराउन पहल गरेका छन् । खेलकुदका अगुवा तथा विज्ञहरुको टोलीसंग कुराकानी गर्दे मेयर पराजुलीले महानगर सवैखाले सहयोग गर्न तयार रहेको बताए । मेयर पराजुलीले खेलकुदको विकासमा महानगरले लगानी गरिरहेको बताउदै यसमा सवैको सहयोग आबश्यक रहने बताए ।सवैखाले तारतम्य मिलेमा साफ महिला च्याम्पियनसिप प्रतियोगिता विराटनगरमै हुने खेलकुदकर्मीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर