RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुन तस्करी : मोरङ ल्याइयो बेनुलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०७५, सोमबार २०:०४
3
Shares
विराटनगर / साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका बेनु श्रेष्ठलाई मोरङ ल्याइएको छ ।

अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई मोरङ ल्याइएको हो । आज साँझमा मोरङ ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बेनुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका–६ घर भएका ३२ बर्षिय श्रेष्ठ दुबईमा बसेर चुणमणी उप्रेती गोरे सहितको समुहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए ।

गत माघ पहिलो साता तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि हराएको सुन खोज्ने क्राममा चुणामणि उप्रेती गोरे सहितको समुहले यातना दिदा गत फागुन १८ गते भरिया सनम शाक्यको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर