पूर्वाञ्चल खबर
यूवा खेलाडी तथा समाजसेवी विक्रम कार्कीको सक्रियतामा निर्माण गरिएको घर आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, यूवा संघका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतलगायतले स्थानीय लालबहादुर श्रेष्ठ र सुशीला श्रेष्ठलाई घर हस्तान्तरण गरेका हुन् ।
विराटनगर महानगरपालिका , राउत कन्ट्रक्सन, सेन्ट म्यारिज स्कुललगायतले घर निर्माणमा सहयोग गरेको थियो । गतवर्ष साउनमा गएको बाढीका कारण श्रेष्ठ दम्पत्तीको बाँसको कटेरोको बगाएपछि त्यसयता उनीहरु खुला अकाशमूनि जीवन बिताउँदै आएका थिए । केही वर्षअघिसम्म घर बनाउने राजमिस्त्रीको काम गर्दै आएका लालबहादुरलाई मुटुको समस्या छ भने श्रीमती सुशीलाको २ वर्षदेखि शरीरको आधा भाग चल्दैन ।