RUMPUM
animated ellipse animated ellipse

विकाशका लागि विश्वशनिय तथ्याङक आवश्यक छ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०७५, बुधबार २०:२७
3
Shares
विरानगर / प्रदेशको योजनावद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वताए ।

राष्ट्रिय योजना आयोगद्धारा आज विराटनगरमा आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुमन, मूल्याङकन तथा तथ्याङक सम्वन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटनका अवसरमा मुख्यमन्त्री राइले यस्तो बताएका हुन् ।

मुख्य मन्त्री राईले विकासका लागि विश्वशनिय तथ्याङक आवश्यक भएको वताउँदै सोही अनसार प्रदेश सरकारले विकासका पूर्वाधार निर्माणमा कार्य गरिरहेको धारणा व्यक्त गरे । उनले प्रदेश सरकारले यस क्षेत्रका विकास गरी समृद्ध नेपाल सुखी नेपाली लक्ष्य कायम गर्न आफ्नो निती र कार्यक्रम अनुसारको वजेट कार्यन्वयन गर्न डिभिजन, निर्देशनालय कार्यालयहरु स्थापनामा गरिरहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले विराट वृहत क्षेत्र निर्माण गरीने भएको छ तथा चार लेनको सडक निर्माण,स्मार्ट सिटी, स्याटलाईट सिटी, स्पोर्टस सिटि, औद्योगिक विकास जोनलगायत निमार्ण कार्य गर्न प्रदेश सरकारले कार्य गरिरहेको वताए । उनले कृषि, पर्यटन, निकासीमुलुक उद्योग ,जलश्रोत आदिमा पाँचदेखि दश वर्षभित्र योजनावद्ध ढंगले प्रदेशको विकास गर्न विज्ञहरु छफलफल गरी यस क्षेत्रका जनतालाई रोजगारी, आर्थिक उन्नती र वैदशीक व्यापार घाटा न्यूनका लागिसरकारले कार्य गरिरहेको छ भने ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्थायीत्व कायम भएकाले जनताले विकासको अनुभूति प्राप्त गर्ने वताए । उनले वर्तमान अवस्थामा संघीय र प्रदेश सरकार दुई तिहाई भएकोले समग्र मुलुकमा विकास निर्माण कार्यले गति लिई जनताको आर्थिक वृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेलले तीन तहको योजना समेटर कार्य गरेमा राष्ट्रिय लक्ष्य प्राप्त हुने वताए । उनले सुखी नेपाली समेद्ध नेपालको सोच अनुसार आयोगले दिर्घकालिन निीति लिइ कार्य आगाडि वढाएको जानकारी दिदै सीमित र श्रोत साधन प्रयोग गरी पूर्वाधार निर्माण कार्य सम्पन्न गर्न समस्या उत्पन्न हुने विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर