AArya
RUMPUM
animated ellipse animated ellipse

सबैसँग हातेमालो गरेर अघि बढ्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७३, बुधबार १९:४४
3
Shares

२९ मंसिर, विराटनगर/ भर्खर सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले प्रशासन र पत्रकारबीचको सम्बन्ध नङ र मासुको जस्तो हुुनुपर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज स्थानिय सञ्चारकर्मीहरुसँग भएको परिचायत्मक कार्यक्रममा बोल्दै उनले आफूले सञ्चारकर्मीसँग समन्वय गरी अगाडि बढ्न चाहेको पनि बताए । मोरङ आफ्नो गृह जिल्ला भएको बताउँदै उनले मोरङलाई राम्रो बनाउन सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

]प्रमुख जिल्ला अधिकारी कोइरालाले सिमाक्षेत्रबाट हुने तस्करी नियन्त्रण र चिसो मौसममा हुनसक्ने शीतलहरबाट बच्न विशेष योजना ल्याइने जानकारी गराए । उनले आफ्नो कार्यकालमा सबैको सद्भाव प्राप्त हुने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा सञ्चारकर्मीहरुले मोरङ जिल्लाको समस्या र अवस्थाको वारेमा प्रमुख जिल्ला अधिकारी कोइरालालाई जानकारी गराएका थिए । यस्तै प्रजिअ कोइरालाले आजै मोरङ जिल्लाका राजनीतिक दलका नेताहरुसँग समेत भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर