RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ प्रथम भएको कोबासको दाबी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ आश्विन २०७५, आईतवार १७:३७
3
Shares
विराटनगर / कोबास कलेज विराटनगरले कक्षा–११ को विज्ञान संकायमा प्रदेश १ मा प्रथम गरेको दाबी गरेको छ । शनिबार प्रकाशित नतिजामा विज्ञान संकायमा प्रथम गरेको कलेजले दाबी गरेको हो ।

विज्ञान संकायमा निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएको विद्यालयले दाबी छ । कक्षा ११ विज्ञान संकायमा मा २ सय ५१ जना विद्यार्थीले परिक्षा दिएकोमा ९५ पतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजका प्रिन्सिपल सुनीलकुमार श्रेष्ठले बताए ।

प्रिन्सिपल श्रेष्ठका अनुसार ए प्लसमा १२ जना, ए मा ८५ जना, वि प्लसमा ९६ जना, वि मा ३० जना, सी प्लसमा १५ र सी ल्याउँने १४ जना रहेका छन् । त्यस्तै व्यवथापन संकायमा २ सय ९९ जना विद्यार्थीमध्ये ९६ पतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजले जनाएको छ ।

व्यवथापन संकायमा ए प्लसमा १० जना, ए मा ८५ जना, वि प्लसमा ९७ जना, वि मा ३१ जना, सी प्लसमा २५ र सी ल्याउँने ३९ जना रहेका छन् । कलेजबाट उत्तिर्ण भएको विद्यार्थी अस्मीता भट्टराईले धरानमा रहेको हातीसार इजिनियरीङ कलेज वि टेक फुट टेक्नोलाजीमा तथा जयन्त दासले पूर्वाञ्चल इन्जिियरीङ कलेजमा एग्रीकल्चर इजिनियरीङ मा छात्रवृद्धी पाएको कलेजले जनाएको छ । उनीहरुले यही असोजमा भएको परिक्षामा उत्तिर्ण गरेर छात्रवृद्धी पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर