AArya
RUMPUM
animated ellipse animated ellipse

दशैंको लागि ५ किलो चामल किन्न सिडिओको सिफारिस !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०७५, शुक्रबार ०८:२१
3
Shares
काठमाडौं / दशैं नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दा मर्कामा परेका छन् । उनीहरूले पाँच किलोग्राम चामल खरिद गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट सिफारिस लिनु परिरहेको छ ।

नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबारदेखि चामल बिक्री गर्न थालेको हो । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।

सिडिओको नेतृत्वमा जिल्ला खाद्य समिति रहेको छ । समितिका अध्यक्ष सिडिओ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले हुम्ला सदरमुकामस्थित संस्थानको सिमकोट डिपोबाट चामल बिक्री गर्ने निर्णय गरेको हो । सिमकोट बजारका बासिन्दा र कर्मचारीलाई पाँच किलोग्राम चामल बिक्री गर्ने तय गरेको छ ।

त्यसका लागि पनि जिल्ला प्रशासन कार्यालयले सिफारिस दिने गरेको छ । सिडिओको हस्ताक्षर रहेको सिफारिस ‘कुपन’ लगेपछि मात्रै खाद्य संस्थानले पाँच किलो चामल बेच्ने गरेको छ । चामल कम भएकाले सबैलाई समान रूपमा बिक्री गर्न जिल्ला प्रशासनबाट सिफारिस लिने व्यवस्था गरिएको जनाएको छ । आजको नयाँ पत्रिका दैनिकले यो समाचार छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर